काठमाण्डौ । अब काठमाण्डौका सबै सार्वजनिक निकायहरुबाट सेवा प्राप्त गर्न खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय आज एक आदेश जारी गर्दै माघ ७ गतेदेखि लागू हुने गरी जिल्ला सबै सार्वजनिक निकायहरुबाट सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य रुपमा देखाउनुपर्ने निर्णय गरेको छ।
यसैगरी सार्वजनिक स्थलहरु कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला हवाईयात्रा, पार्कलगायतका स्थानमा प्रवेश गर्न पनि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ।
पुस २८ गते राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशअनुसार अब घरबाहिर निस्किँदा वा सार्वजनिक स्थलमा जाँदा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्नुपर्नेछ।
सार्वजनिक स्थलमा सबै प्रकारका राजनीति वा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृति कार्यक्रम गर्न पाइनेछ। २५ जनाभन्दा बढी भेला हुने कुनै पनि भेला, मेला वा महोत्सव गर्न पाइने छैन।
भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन गर्न पाइने छैन। पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरुको हक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ।
सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउने छैनन्। सबै यात्रु अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्ने व्यवस्था गर्नुपर्नेछ।
अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरु यथाशीघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेछ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थलहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परीक्षण गर्नुपर्नेछ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago