काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।यसको मतलब आज चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो ५५ औँ वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago