काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) को आज मंगलबार हुने ५३ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल ३५ प्रतिशत लाभांश पारित गर्नेछ। 

एसटीसीको वार्षिक साधारणसभा आज काठमाण्डौको कालिमाटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुँदैछ । सभा बिहान ११ बजेबाट भर्चुअल (जुम एप) बाट सुरु हुनेछ। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापुँजीको कुल ३५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि आज मंसिर ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।