काठमाण्डौ । साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर करबापत रकम तिरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन्।

सिटिजन्स बैंकले सोमबार सूचना प्रकाशित गर्दै साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको गत २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि सेयरधनीहरुलाई करबापत रकम जम्मा गर्न आग्रह गरेको हो। सिजिटजन्स बैंक इन्टरनसेनलले हालै तिनाउ मिसनलाई प्राप्ति गरेको थियो। 

सिजिटन्स बैंकले तिनाउ मिसनले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का लागि जारी गरेको बोनस सेयर प्राप्तिका लागि सेयरधनी आफैँले करबापत रकम तिर्नुपर्ने भएकोले यस्तो आग्रह गरेको हो। तिनाउ मिसनले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशत र २०७६/७७ का लागि ६ प्रतिशत बोनस सेयर जारी गरेको थियो। 

यी दुवै आर्थिक वर्षको बोनस सेयर करबापतको रकम जम्मा गरेपछि मात्र सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा हुने बैंकले जनाएको छ। 

यसका लागि साविकका तिनाउ मिसनका सेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको काठमाण्डौ नारायणहिटीपथस्थित शाखामा रहेको सेयर जिस्ट्रार सीबीआईएल क्यापिटल लिमिटेडको नाममा रहेको ००१०१००००४११९२०१ खाता नम्बरमा करबापतको रकम जम्मा गर्न सिटिजन्स बैंकले आग्रह गरेको छ।