काठमाण्डौ ।साहरा ग्रूप अफ इन्डियाका अध्यक्ष सुब्रत रोयको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
उनी लामो समयदेखि विरामी थिए । उनलाई आइतबार मात्र कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोे थियो । उनको पार्थिव शरिर अन्तिम संस्कारका लागि लखनउ ल्याउने तयारी भइरहेको छ ।
उनको निधनपछि कम्पनीले जारी गरेको एउटा बयानमा भनिएको छ, ‘साहरा श्री सुब्रत रोयसँग जसले काम गर्ने सौभाग्य पाएका छन् उनीहरुका लागि उनी अभिभावक,प्रशिक्षक तथा प्रेरणाको स्रोत थिए ।’उनको जन्म सन् १९४८ विहार प्रदेशको अररिया जिल्लामा भएको थियो ।
उनी केहि वर्षदेखि जमानतमा रिहा भएर घरमै बसिरहेका थिए ।पटना उच्च अदालतमा सन् २०१४ देखि साहरा इन्डिया विरुद्ध सर्वसाधारणको रकम भुक्तानी नगरेको भन्दै मुद्दा चलिरहेको छ । सर्वसाधारणले कम्पनीले सञ्चालन गरेको विभिन्न सहकारी योजनामा लगानी गरेका थिए । उनी विरुद्ध यस्तै खालको मुद्दा भारतको सर्वोच्च अदालतमा पनि चलिरहेको छ ।
साहरापछि उनले धेरै क्षेत्रमा ब्यापार विस्तार गरेका थिए । उनको नेतृत्वमा फाइनान्स,रियलस्टेट,मिडिया तथा हस्पिटालिटी, एयरलाइन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिएको छ ।-एजेन्सी
45 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago