काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को १२औँ र १३औँ वार्षिक साधारणसभा आउँदो असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीले चुक्तापुँजीको १ः१ अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको प्रस्तावित निर्णयबमोजिम विद्युत नियमन आयोगबाट सहमति प्राप्तिपश्चात हअनुमोदन तथा पारित गर्ने तथा संस्थापक सेयरधनीहरुबाट सेयरबापतको एड्भान्स रकम उठाउने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै संशोधन तथा निर्देशन भएमो सोहीबमोजिम गर्न गराउन सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन र हकप्रद सेयरसम्बन्धी पारित प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृति लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नुपरेमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
हकप्रद सेयर जारी गर्दा कुनै सेयरधनीले आफूले लिन पाउने हकप्रद सेयर लिन इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सोबापतको रकम दाखिला गरी अर्को सेयरधनीले हकप्रद सेयर लिन पाउनेसम्बन्धी विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले ती दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले यही जेठ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago