काठमाण्डौ । आईपीओ जारी गर्ने तयारीमा रहेको सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित घारीपाटनमा रहेको आभ्या क्बलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने अजेन्डा स्वीकृत गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु स्वीकृत गर्नेछ। 

यो कम्पनीले १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले गत कात्तिक २९ गते नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। 

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।