काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच तनहुँको डुम्रेमा रहेको सिजन युवा क्लबका साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ।

कार्यक्रममा आइएमई मोटर्स प्रालिका तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएइको बताएको छ।

कार्यक्रममा बोल्दै श्रेष्ठले भने डुम्र्रेमा यस प्रकारको सुविधा युक्त एम्बुलेन्स गैरनाफामूलक संस्थाद्वारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए। अरु एम्बुलेन्सभन्दा दोस्त एम्बुलेन्स धेरै ठूलो र फराकिलो रहेको हँुदा बिरामीका साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने व्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए। 

स्वास्थ्य सेवा, विशेषगरी आप्तकालीन स्वाथ्यसेवाको पहुँचलाई सहज बनाउन संस्थाद्वारा खरिद गरेको उनले बताए। यसका साथै युवा क्लब लाई एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गर्ने सम्पूर्णहरुलाई धन्यवाद पनि दिए।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट विक्री वितरण गर्दै आएको छ। गत वैशाख महिनामा आइएमई मोटर्सद्वारा पाँचवटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो।

आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।