काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले 'डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ' योजना सार्वजनिक गरेको छ । 

बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्गमार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिनदेखि द्वादशीसम्म तीनपटक गरी रु ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउनुपर्नेछ । 

महान चाड दशैंलाई लक्षित गरी ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रणबिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको प्रवक्ता उमंग शर्माले बताएकी छिन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।