काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र  काठमाडांै जिल्लाको चोभार मा गत पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फ्mे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ