काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ। 

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकैपटक वा पटकपटक गरी वार्षिक ५०० डलरबराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसमक्ष अनुरोध गर्न सकिनेछ। 

यो कार्ड प्रयोग गर्न चाहने ग्राहकले आफ्नो खातामा ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ। यसअन्तर्गत ग्राहकले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन्। 

यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीएसओमार्फत कारोबार गर्न भने नपाइने बैंकले जनाएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब साढे ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।