काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको लैनचौरस्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब साढे ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।