काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्ट्री लेभलका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो। 

म्यानेजमेन्ट ट्रेनीका लागि कार्यानुभव आवश्यक नपर्ने भए पनि उम्मेदवारले बैंकिङ, फाइनान्स, मार्केटिङ, अर्थशास्त्र, मानव संसाधन वा अकाउन्टिङमा कम्तीमा सीजीपीए ४ मा ३.३ ल्याएर एमबीए उत्तीर्ण गरेको हुनुपर्नेछ। छनोट भएका उम्मेदवारलाई बैंकको केन्द्रीय कार्यालय वा शाखाहरुमा खटाइनेछ।

त्यस्तै बैंकले काठमाण्डौ उपत्यका र उपत्यकाबाहिरका शाखाहरुका लागि ट्रेनी असिस्टेन्ट पदमा दखास्त खुलाएको छ। यो पदमा आवेदन दिने उम्मेदवारको हकमा पनि कार्यानुभव आवश्यक पर्ने छैन। काठमाण्डौ उपत्यकाका शाखाहरुका लागि यो पदमा आवेदन दिन कम्तीमा सीजीपीए ३ ल्याएर व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उपत्यकाबाहिरका शाखाहरुका लागि उच्च प्रतिशत वा सीजीपीए ल्याएर व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेकाहरुलाई ग्राह्यता दिइने बैंकले जनाएको छ।

यसैगरी बैंकले कानुन तथा सेयर विभागका लागि केही ट्रेनी असिस्टेन्टका लागि दरखास्त खोलेको छ। यो पदमा आवेदन दिन उम्मेदवारले कानुन विषयमा मान्यता प्राप्ति शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कार्यानुभव आवश्यक पर्ने छैन। 

यी पदहरुका लागि आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ। अंग्रेजी र नेपाल भाषा लेख्न तथा बोल्नमा प्रखर रही एमएस अफिस एप्लिकेसन चलाउन जान्ने हुनुपर्नेछ। 

दुईपांग्रे सवारीको चालक अनुपति प्राप्त गरेका उम्मेदवारलाई विशेष ग्राह्यता दिइने बैंकले जनाएको छ। 

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट www.ctzbank.com मा गएर ‘करिअर सेक्सन’ मा क्लिक गरी अनलाइन आवेदन पेस गर्न सक्नेछन्। आवेदन आउँदो मे १० का दिन साँझ ५ बजेभित्र पेस गरिसक्नुपर्नेछ। 

थप जानकारीका लागि यो सूचना हेर्नुहोस् –