काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले आगामी १५ औँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि यही असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २० गतेसम्म (असोज २१ गते घटनस्थापनाको बिदा) कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँबराबरको बोनस सेयर र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७.२४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसमेत) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।