काठमाण्डौ । सिटिजन्स बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । 

मंसिर २८ गते बसेको बैंक संचालक समितिको २८३ औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल २०७५ पुस १६ गते समाप्त हुँदैछ । उनी पुस १ गतेबाट विदामा बस्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई कामू दिइएको हो । 

प्रमुख कार्यकारी अधिकृतबाट विदा हुन लागेका राजनसिंह भण्डारीलाई बैंक संचालक समितिको बैठकले पुस १७ गतेदेखि लागू हुने गरी बैंक संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरेको समेत विज्ञप्तिमा उल्लेख छ । 

सेवा निवृत हुन लागेका सीइओ भण्डारीले बिजशालालाई २ दिनअघि दिएको अन्तर्वार्तामा आफूले बढुवा चाहेको बताएका थिए ।