काठडमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स ठमेलस्थित अलफ्ट काठमाण्डौ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अलफ्ट होटेलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वा बारमा १०% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। 

त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको छ।  

बैंकले देशैभरि फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटीएम र ९५ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।