काठमाण्डौ । सिटिजन्स बैंक इन्टेरनेसनलले आज असार २९ गतेबाट साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। 

बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्रा खरिदका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र आउँदो साउन ११ गते अपराह्न ३ बजेसम्म पेस गरिसक्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।