काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। 

उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्‍याफ्टिङका र्‍याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ  उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। 

यसका साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले बैंकले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।