काठमाण्डौ । ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्न गर्ने हेतुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार काठमाण्डौको शान्तिनगरमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। 

द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस–२०२३ को दिन बृहत वृक्षरोपण कार्यक्रम शान्तिनगर–९ मा करिब २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपी सम्पन्न गरिएको बैंकले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानमा  स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोगहरु गरिसकेको छ।

हाल सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।