काठमाण्डौ । सिटिजन्स बैंक लिमीटेडले प्रदेश २ मा निकै राम्रो व्यवसाय गरिरहेको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । 

सिटिजन्स बैंकले असार २२ गते नारायणहिटीपथस्थित आफ्नो मुख्य कार्यालयमा एक कार्यक्रमबीच सहयोगी विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको हो । 

यस्तो सम्झौतामा  सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकास बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका बैंकले जनाएको छ । 

२०७६असार २१ गते सम्मको तथ्यांकको आधारमासिटिजन्स बैंकले सहयोगीविकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ।

हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकाश बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ।
प्रारम्भिक सहमतिअनुसार, सहयोगीविकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउनेछ तथापि वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने सहमति समेतभएको छ। 

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएकोसहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यसक्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।