काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित  १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम. सेवा शुभारम्भ गरेको छ । 

अठार नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त एटिएम सेवाको उद्घाटन गरे । उक्त एटिएम सेवाको सञ्चालनपश्चात ्उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको बताएको छ ।

“योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  ८५ वटा शाखा, ८५ वटा एटिएम. र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।