काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ।
सिटिजन लाइफको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ६२ लाख ५० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को १ करोड १२ लाख ५० हजार कित्ता (३० प्रतिशत) रहेको छ।
नेप्सेले यो कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।
अब आइतबारको स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।
10 minutes ago
33 minutes ago
53 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago