काठमाण्डौ । ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबैबिमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ। अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्नेछन्।

यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ।

यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरु निर्वाध रुपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौँ र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।’

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः

  • ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्ने 
  • ‘सिटिजन लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने 
  • ‘डीओबी’ र ‘पोलिसी नम्बर’ भर्नुहोस् र विवरणहरु प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’ मा क्लिक गर्ने 

रु. ५ प्रिमियम भुक्तानीका लागि प्रयोगकर्ताले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गर्नुपर्छ। जसले प्रयोगकर्तालाई भुक्तानी सेवाहरुको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।