काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ। 

सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्रापित प्रयोजनका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सोही सभाले सञ्चालक समितिका सदस्यहरुको निर्वाचन पनि गर्नेछ।