काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फर  र दुबई स्थित अल फर्दान एक्सचेञ्ज को संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक भएको छ । 

उक्त योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण  देखी ६ लाख नगद  सम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।