काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन्। सोही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गते सम्म अन्य चारजनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भइसकेका छन्। साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी र मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०–१० तोला चाँदी जित्न सफल भइसकेका हुन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ।
कम्पनीका अनुसार यस अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
3 months ago