काठमाण्डौ । जनता बैंकसँग बिलय हुने क्रममा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

यो बैंकले १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै केही साताअघि आवेदन दिएको थियो । 

बोर्डको स्वीकृतिसँगै अब सिद्धार्थ डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८५ लाख १५ हजार ६ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड बिक्री प्रबन्धक रहेको छ । 
हाल यो विकास बैंकको चुक्तापूँजी १ अर्ब ४१ करोड रहेको छ। ६० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी २ अर्ब २५ करोड पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ६८ लाख खूद नाफा आर्जन गरेको छ ।