काठमाण्डौ ।सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू. एक लाख तीस हजार सहयोग प्रदान गरेको छ ।

उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे । 

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवामैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ ।