काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिइकाइ खुद मूल्य (न्याभ) कात्तिक महिनासम्म बढेर १२.१९ रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार न्याभ गत असोजको तुलनामा ७० पैसाले बढेको हो। गत असोजमा न्याभ ११.४९ रहेको थियो।
कात्तिक महिनासम्म यो योजनाको लगानी १२.६८ प्रतिशतले घटेको छ। गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँ बढी लगानी गरेकोमा कात्तिकसम्म घटेर १ अर्ब ३ करोड रुपैयाँमा सीमित बनेको छ।
यो योजनाले कात्तिक महिनासम्म सूचीकृत सेयरमा ८६ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ। जब कि यस्तो लगानी असोजसम्म १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।
योजनाले ऋणपत्र तथा बन्डमा ३ करोड ८९ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा ३७ लाख ५० हजार रुपैयाँ तथा बैंक मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको छ।
कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको यो १० वर्षे योजनाको कात्तिकमा कुल आय १९ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल आय १० करोड ९१ लाख रुपैयाँ रहेको थियो।
यो योजनाले सूचीकृत वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, जलविद्युतलगायत विभिन्न ४६ वटा कम्पनीमा लगानी गरेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago