काठमाण्डौ । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्घार्थ बैंक लिमिटेडले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढी सुविधाजनक हुने बैंकले जानकारी दिएको छ ।
ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप सिद्घार्थ बैंक स्मार्टबाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्ने बैंकको भनाइ छ ।

बैंकले,कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्नडिजिटल बंैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ र आगामी दिनहरुमा पनि बैंकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरणगर्दै जाने उद्देश्य बैंकले लिएको छ ।