काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सिद्धार्थ बैंक लिमिटेडको मंगलबार सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १२ प्रतिशत बोनस सेयरका लागि सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो बैंकको प्रतिकित्ता सेयर ४२१ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।

बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकको आउँदो माघ १६ गते हुने १९ औँ वार्षिक साधारणबाट अनुमोदन हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आज पुस २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।