काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको अध्यक्षमा चयन भएका मनोजकुमार केडियाले आज आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बठकले केडियालाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको थियो। केडियाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष गभर्नरको कार्यालयमा बैंकको सञ्चालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका हुन्। 
केडिया यसअघि पनि मिति २०७३ फागुन ५ गतेदेखि २०७७ माघ १६ गतेसम्म बैंकको सञ्चालक समितिको अध्यक्ष रहेका थिए। 

केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रालि, वृज सिमेन्ट इन्डस्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट प्रालि, श्री स्टिलस् प्रालि, एशियन कनक्रेटो प्रालि, वृज ग्लास इन्डस्ट्रिज प्रालि, केडिया इन्भेस्टमेन्ट कर्पोरेसन प्रालिलगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध सञ्चालकका रुपमा सक्रिय रहेका केडिया उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।