काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले त्रिसारा रेस्टुरेन्ट एन्ड बार प्रालिमा विभिन्न सेवा लिएबापत छुट पाउने भएका छन्।

बैंक र त्रिसारा रेस्टुरेन्डबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो। यो सम्झौतासँगै अब बैंकका ग्राहकले काठमाण्डौको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेस्टुरेन्टमा विभिन्न सेवामा छुट पाउने भएका छन्। 

सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा र काठमाण्डौमा रहेको त्रिसारा रेस्टुरेन्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्पmत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।