काठमाण्डौ। सिद्धार्थ बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। 

आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरी अझ बढी ग्राहकमैत्री बनाई ग्र्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुका बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट (https://www.siddharthabank.com) आजैबाट सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ। ‘आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरी विकास गरिएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायलजस्ता एप्लिकेसनहरु राखिएका छन्।’

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुआतसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधासमेत सुरुआत गरेको छ। आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै जाने विषयमा प्रतिबद्ध रहेको बैंकले जनाएको छ।