काठमाण्डौ । सिद्धार्थ बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको छ। 

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्। 

बालिकाहरुको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माविले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर र प्रिन्टर  विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग प्रदान गरेको हो। 

यस सहयोगले विद्यालयका लगभग ३०० विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पुर्याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ।