काठमाण्डौ । सिद्धार्थ बैंकले आज असार १० गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ। जसमा ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
सिद्धार्थ बैंकको यो ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म बिक्री खुला गरिनेछ।
सिद्धार्थ बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।
ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
27 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago