काठमाण्डौ । मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज असार २८ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। 

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच सोमबार मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ।

समझदारीपत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।