काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।
बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। यसका अतिरिक्त ग्राहकले मोकोको एपमार्फत भिसा, यूपीआई, अलीपे, नेपालपे, खल्ती, आइएमईपे, प्रभुपे, क्यूपेजस्ता विभिन्न क्यूआर स्क्यान गरी वस्तु तथा सेवा खरिदबापतको बिल भुक्तानी सजिलै गर्न सक्नेछन्।
ग्राहकले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरेपश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एपमार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन्। यसले गर्दा ग्राहकको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ।
यसबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र वा सिद्धार्थ केयरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago