काठमाण्डौ । अब सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने भएको छ।
बैंकले एक सूचना जारी गर्दै सी–आस्बा सेवा निःशुल्क गरिएको जानकारी गराएको हो। अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा सी–आस्बा शुल्क तिर्नुपर्ने छैन।
यसअघि बैंकले ग्राहकलाई सी–आस्बा सेवा प्रदान गरेबापत १० रुपैयाँ लिँदै आएको थियो।
सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ७ पुगेको छ।
नेपाल धितोपत्र बोर्डले गत भदौ ५ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले सी–आस्बा सेवा प्रदान गरेबापत अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ। यसअघि धितोपत्र बोर्डले सी–आस्बा सेवा प्रदान गरेबापत अधिकतम १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago