काठमाण्डौ । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिडिमङ’ले जितेको छ।
गत शुक्रबार राति सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जितेका हुन्। विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जीटी नियो ३ स्मार्टफोन र अन्य पुरस्कार पनि जितेका छन् भने उनका गुरु मिङ्मा डी लेप्चालाई पनि नगद रु ५ लाख पुरस्कार रकम प्रदान गरिएको थियो।
कार्यक्रमको सुरुआतमा सम्पूर्ण सहभागीले २ मिनेटको रियलमी थीम संगमा नृत्य प्रदर्शन गरेका थिए।
उपाधी विजेतालाई बधाइ दिँदै रियलमी नेपालका कन्ट्री डिरेक्टर मुनिश गिरीले भने, ‘यो रियालिटी शोको सुरुआतमै हामीले धेरै बालबालिकाको अत्यन्तै उत्कृष्ट नृत्य कला देख्न पायौँ। यस्तो राम्रो प्लाटफर्ममा जोडिन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। कार्यक्रममा प्रतिभाशाली नृत्य प्रस्तुत गर्ने सम्पूर्ण भाइबहिनीलाई उनीहरुको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्न चाहन्छु। यसका साथै आउँदा दिनहरुमा यस शोले धेरै भन्दा धेरै लोकप्रियता हासिल गरोस् र अझै धेरै भाईबहिनीहरुलाइ आफ्नो कला प्रदर्शन गर्ने मौका प्रदान गरोस् भन्ने शुभेच्छा पनि दिन चाहन्छु।’
सुपर डान्सर नेपाल अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को नेपाली फ्रान्चाइज हो । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले मुख्य प्रायोजन गरेको यो कार्यक्रम कान्तिपुर टीभी एचडी र ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको थियो।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago