काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो मंसिर २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँ कुल १३.१६ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ८९९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १२.५० प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
15 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago