काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आज बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
सभाले बैंकको चुक्तापुँजी १२ अर्ब ५३ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशतले हुन आउने१ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँबराबरको बोनस सेयर तथा ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ बराबरकोको नगद लाभांश (कर प्रयोजनार्थ) प्रदान गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरेको छ।
30 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago