काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक समारोहबीच सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्रबहादुर वैदवार क्षेत्री नियुक्त भएका छन्। 

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स १ः१ समान सेयर अनुपातमा एकआपसमा मर्जर भएपश्चात बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ८० करोडभन्दा बढी पुगेको छ भने बीमा कोषमा २ अर्ब ३४ करोडभन्दा बढी रहेको छ। 

यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड पुगेको छ भने बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ। 

कम्पनीद्वारा जारी गरिएको बीमालेख संख्या ४ लाख १७ हजार १८२ रहेको छ। कम्पनीले १२५ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्नेछ।