काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५.४८४३३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

असार १३ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले संचालक समितिबाट आएको बोनस सेयर वितरण सम्बन्धी प्रस्ताव ध्वनि मतले पारित गरेको हो ।

साधारणसभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई संचालकमा निर्विरोध निर्वाचित समेत गरेको छ । 

साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको बार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आ.व. २०७४/७५ मा विभिन्न बीमा व्यवसायअन्तर्गत रु १ अर्ब ७८ करोड ९३ लाख ३ हजार  बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको अध्यक्ष केडियाले सभालाई जानकारी गराएका थिए ।