काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडको संचालक समितिको अध्यक्षमा रतनलाल केडिया चुनिएका छन् । 

यो कम्पनीको संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई नै निरन्तरता दिने निर्णय गरेको हो । 
केडिया यसअघि पनि अध्यक्ष रुपमा रहेका थिए । 

असार १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा  रतनलाल केडिया,  पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ वर्षका लागि निर्विरोध चयन गरेको थयो ।