काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले एकैपटक निकै ठूलो संख्यामा कर्मचारीहरु मागेको छ । 

बैंकले असिस्टेन्ट म्यानेजरदेखि सिनियर असिस्टेन्ट लेभलसम्मका पदहरुमा ठूलो संख्यामा कर्मचारी मागेको हो । 

असिस्टेन्ट म्यानेजर लेभल अन्तर्गत डिजिटल मार्केटिङ, प्रडक्ट रिसर्च एण्ड डेभलपमेन्ट पदमा केही कर्मचारी मागिएको छ । विजिनेश म्यानेजमेन्ट तथा सूचना प्रविधिसँग सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी न्यूनतम ७ वर्षको कार्यानुभव हासिल गरेको वा चार्टर्ड एकाउन्टेसी, विजिनेश म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गरी ५ वर्षको कार्यानुभव हासिल गरेको र ५० वर्ष ननाघेकोले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ । 

बैंकले सिनियर अफिसर लेभलका लागि समेत दर्जनौ कर्मचारी मागेको छ । यो लेभलअन्तर्गत काठमाण्डौ उपत्यकाका केही शाखा, सिन्धुली, धरान शाखाका लागि ब्राञ्च म्यानेजर, लिगल डिपार्टमेन्ट, प्रडक्ट रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेन्ट, लोन रिकभरि डिपार्टमेन्ट, डिजिटल मार्केटिङ तथा ब्राञ्च अपरेशन डिपार्टमेन्टका लागि समेत सिनियर अफिसर लेभलका कर्मचारी मागिएको छ। विजिनेश म्यानेजमेन्ट, सूचना प्रविधि लगायतको विषयमा स्नातक गरी सम्बन्धित विषयमा ५ वर्षको वा यिनै विषयमा स्नातकोत्तर गरी सम्बन्धित विषयमा ३ वर्षको कार्यानुभव भएको ४० वर्ष ननाघेको व्यक्तिले यो पदमा आवेदन दिन पाउनेछन् । 

अफिसर लेभलका लागि समेत दर्जनौ कर्मचारी माग गरिएको छ । यो लेभल अन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका लागि केही ब्राञ्च म्यानेजर, फिक्कल, इनरुवा, विराटनगर, सिरहाको गोलबजार, सप्तरीको कल्याणपुर, चितवनको मंगलपुर, नवलपुर, लुम्बिनी, नेपालगञ्जको न्यूरोड, तनहुँको डूम्रे, गोर्खा, कास्कीको हेम्जा, स्याङ्जाको वालिङ शाखाका लागि ब्राञ्च म्यानेजर, क्रेडिट रिलेसनसीप डिपार्टमेन्ट अन्तरगत अफिसर लेभलको पदमा विराटनगर, इटहरी, दमक, वीरगञ्ज, जनकपुर, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढीमा काम गर्ने गरी समेत जनशक्ति मागिएको छ । 

यस्तै, काठमाण्डौ उपत्यकाभित्रका लागि डिपोजिट रिलेसनसीपमा काम गर्ने गरी केही कर्मचारी, विर्तामोड र हेटौडाका लागि अपरेसन इञ्चार्ज, कर्पोरेट क्रेडिट तथा सेन्ट्रल क्रेडिट एडमिनिस्ट्रेसन एण्ड कन्ट्रोलमा काम गर्ने गरी विराटनगर, वीरगञ्ज, भैरहवा, पोखराका लागि समेत अफिसर लेभलकै कर्मचारी मागिएको छ । 

सम्बन्धित विषयमा स्नातक गरी २ वर्षको कार्यानुभव हासिल गरेको ४० वर्ष ननाघेको उम्मेद्वारले अफिसर लेभलका लागि आवेदन दिनसक्नेछन् ।

बैंकले जुनियर अफिसर लेभलका लागि समेत केही कर्मचारी मागेको छ । यस्तै, सिनियर असिस्टेन्ट लेभलमा समेत केही कर्मचारी मागिएको छ । 

सम्बन्धित विषयमा ५० प्रतिशत वा सोसरहको अंक ल्याई स्नातक उत्तीर्ण गरेको, २ वर्षको कार्यानुभव हासिल गरी ३२ वर्ष ननाघेकोले जुनियर अफिसर लेभल तथा सम्बन्धित विषयमा ५० प्रतिशत वा सोसरहको अंक ल्याई स्नातक उत्तीर्ण गरेको, १.५ वर्षको कार्यानुभव हासिल गरेको र ३२ वर्ष उमेर ननाघेकोले सिनियर असिस्टेन्ट लेभलका पदहरुमा आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

सिद्धार्थ बैंकको वेबसाइटमा गएर अक्टोबर २५ भित्रमा विभिन्न पदहरुका लागि आवेदन दिन सकिने बताइएको छ ।