काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारीरचिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान  गरे ।

अपाङ्ग बालअस्पताल तथा पुनस्र्थापना केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको बताएको छ ।

बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको  जनाएको छ ।