काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार वीरगंजअवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक  सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 


बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।