काठमाण्डौ । सिद्धार्थ बैंकले आज सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजकै दिन सुनसरीअवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

बैंकको दुहबीशाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर  मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबीशाखा गत २०७५ फाल्गुण २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 

उक्त लुम्बिनीशाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवामार्फत् उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै दाबी गरेको छ ।