काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले एकदर्जन बढीका लागि विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । 

फाइनान्सले मेनेजमेन्ट टेनीका लागि केही पदमा दरखास्त आह्वान गरेको छ । यो पदमा काम गर्न  इच्छुक व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर गरेको २१ वर्ष  पूरा गरी ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछ । 

यसैगरी, फाइनान्सले सिनियर असिस्टेन्ट पदमा एकजनाका लागि दरखास्त आह्वान गरेको छ । यो पदका लागि कानून विषयमा न्यूनतम प्रमाणपत्र तह उत्तीर्ण गरेको र बित्तीय संस्थामा काम गरेको अनुभव प्राप्तले आवेदन दिन सक्नेछ । यो पदमा दरखास्त दिने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने फाइनान्सले जनाएको छ । 

यसैगरी, आइटी डिपार्टमेन्टका लागि समेत एकजना सिनियर असिस्टेन्ट माग गरिएको छ । यो पदका लागि सम्बन्धित बिषयमा प्रमाणपत्र तह पूरा गरेको र बित्तीय संस्थामा काम गरेको अनुभवप्राप्तलाई प्राथमिकता दिइनेछ ।

फाइनान्सले सुन परीक्षक(गोल्ड एक्जामिनर) पदमा समेत २ जनाका लागि जागिर खुलाएको छ । यो पदका लागि न्यूनतम एसएलसी उतीर्ण गरी सुन जाँच सम्बन्धमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने र न्यूनतम २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने बताइएको छ । 

व्यवस्थापन र अर्थशास्त्रमा प्लस टू गरेकाहरुका लागि टेनी असिस्टेन्ट पदमा समेत दरखास्त आह्वान गरिएको छ । यो पदमा केही व्यक्तिलाई अवसर दिइने बताइएको छ । यो पदका लागि १८  वर्ष पूरा भई ३५ वर्ष नकटेको तथा  महिलाको हकमा ४० वर्ष ननाघेकोले आवेदन दिन सक्ने बतताइएको छ । 

इच्छुकले बैशाख ५ गतेभित्र सिनर्जी फाइनान्सको इमेल ठेगानामा व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो लगायतका डकूमेन्ट पठाउन सक्ने व्यवस्था गरिएको बताइएको छ ।